पर्सा ३१ जेठ –पर्सा एक शवसहित ६ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ l घण्टाघर नजिकै फेला परेको बेवारिसे शवमा समेत कोरोना संक्रमण देखिएको छ भने पर्साको पर्सागाढ़ी गाउपालिका क्वारेन्टाइनमा रहेका ३ जना र बीरगंज महानग निवासी दुइजनामा समेत कोरोना पुष्टि भएको नारायणी अस्पतालको मेसू डा.मदन उपाध्यले बताए l
मृतक अन्दाजी २५ वर्षका छन्। उनको परिचय खुल्न सकेको छैन।यस्तै सखुवा प्रसौनीको क्वारेन्टाइनमा रहेका ३ र १५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सोही क्वारेन्टाइमा रहेकी ३० वर्षीय महिलमा पनि संक्रमित भएकी उने बताएका छन l
वीरगञ्जमा फेला परेका दुई जाना कोरोना संक्रमितहरू मध्ये एक ३४ वर्षीय कुम्हाल टोल ५ का हुन्। यता भारतको तिरुपति बालाजीबाट आएका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। उनी पनि कुम्हाल टोलकै हुन्।
अन्तिम अपडेट २०७७ साल /जेठ ३१ गते – शुक्रबार