पर्सा ३१ जेठ –बारामा स्थानीय युवाहरू एका बिहानै देखि बिभिन्न तिन माग राख्दै आन्दोलन गरिरहेका छन l बिश्वभर बढ्दै गरिरहेको कोरोना भाइरसको कारण आक्रान्त बनेका स्थानीय जनता पहिलो माग पीसीआर प्रबिधिबाट कोरोना भाइरस अर्थात कोभिड -१९ को परिक्षणको दायरा बढाउनु पर्ने राखेका छन l
यसै अर्को अर्को एमसीसी अर्थात मिलेनीअम च्यालेन्ज कर्पोरेशनलाइ पास नपर्नु पर्ने र अर्को १० अर्बको सरकारले स्वतफुरत हिसाब जनतालाइ बताउनु पर्ने माग राख्दै आन्दोलन जारी राखेकेका छन l बाराको कलैयास्थित रहेको भारत चौकमा जमा भएका स्थानीय युवाहरू बिभिन्न नारा लेखिएको प्लेकार्ड लिएर प्रदर्शन गरिरहेको छन l
उक्त चौकमा जमा भएका युवाहरू केपी तेरो पाराले दुःख पाए साराले,राष्ट्रघाती एमसीसी लागू गर्न पाइदैन,पीसीआर परिक्षणको दायरा बढ़ाऊ कोरोनाबाट जनतालाई बचाउ,भ्रष्टचारी सरकार चाहिदैन,देशको धुकुटी लूटन पाइदैन,खैत १० अर्ब रुपैया हिसाब देउ ,कर तिरन पाइदैन कर केको लागी नेता पालनको लागी लगायत बिभिन्न किसिमका नारा लगाउदै सरकारको बिरुद्धमा चर्को रूपामा नाराबाजी गरेको छन l
महामरीको समयमा खाना नपाई भोक भोकै चटपटाइ रहेका जनताले कर तिर्ने भनी सरकार संग प्रश्न समेत गरेका छन l कोरोनाको कहरमा जनता आफै सन्त्रान्स रहेको बेला सरकले अर्को दुःख दिने गर्ने काम गरिरहेको आरोप लगाएका छन l जनताको भोट र नोटबाट चलने सरकार जनतालाइ पीड़ा भएको खण्डमा मल्हम पट्टी गर्नुको सट्टा अझ दुःखमा पार्ने काम गरेकोले बाध्य भएर आन्दोलनमा उतर्नुपरेको बताएका छनl
अन्तिम अपडेट २०७७ साल /जेठ ३१ गते – शनिबार