राजतन्त्रले गुमाएको भूभाग गणतन्त्रले फिर्ता ल्यायो

५ years अगाडी teraibulletin

राजतन्त्रले गुमाएको भूभाग गणतन्त्रले फिर्ता ल्यायो

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्नु भएपछि छलफलमा भाग लिदै अध्यक्ष प्रचण्डले संसदमा देखिएको एकता पछिसम्म कायम रहोस् भन्ने कामना गर्नु भयो ।

उहाँले संसदमा देखिएको एकता गर्व गर्न लायक विषय भएको चर्चा गर्दै यो एकता दीर्घकालसम्म कायम रहनुपर्ने बताउनुभयो । संसदले यो एकतालाई सर्वसम्मत रुपमा वैधानिकता प्रदान गर्ने आशा व्यक्त गर्दै अध्यक्ष दाहालले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका लागि दलहरुबीचको एकता जरुरी रहेको बताउनुभयो ।

उहाँले विगतका नेतृत्वले भारतसंग वार्ता गर्दा नेपालको हितमा हुन नसकेको उदाहरण पेश गर्दै नेपालको भूगोल र सीमानाका सम्बन्धमा २०४६ साल पछिका सरकारहरुले प्रभावकारी काम गरेको बताउनुभयो ।

नेपाली जनतामा भौगोलिक अखण्डताप्रति देखिएको जागरुकता र राजनीतिक सचेतना सम्मान गर्न लायक भएको बताउदै भारतसंग वार्ताको माध्यमबाट गुमेको भूमि फिर्ता ल्याएर छाडिने बताउनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?