काठमाडौं । प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको दफावार छलफलपछि विधेयक भएको मतदानबाट सर्वसम्मतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गर्दै प्रस्तावना संविधानको अभिन्न अंग बनेको घोषणा गर्नु भएको थियो ।
सभामुख सापकोटाले संशोधन विधेयक पारित भएको घोषणा गर्दा संसदमा लामो समय करतल ध्वनी गुञ्जिएको थियो भने नेताहरुले एक आपसमा खुसी बाड्दै बधाई आदान प्रदान गरेका थिए । मतदानमा कुल २ सय ५८ सहभागी हुँदा संशोधनको पक्षमा २ सय ५८ मत नै खसेको थियो ।