थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

५ years अगाडी teraibulletin

थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

युवकको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा। भवानी प्रसाद शर्माले जानकारी दिए।

मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?