एजेन्सी ।पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीलाई कोरोना संक्रमण भएकेा छ ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार उनलाई शनिबार संक्रमण पुष्टि भएको हो।
पूर्वप्रधानमन्त्री गिलानीका छोरा कसिम गिलानीले आफ्ना पितालाई कोरोना संक्रमण हुनुमा प्रधानमन्त्री इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी)लाई दोष लगाएका छन्।
कसिम गिलानीले ट्विट गर्दै भनेका छन्, ‘इमरान खानको सरकार र एनएबीलाई धन्यवाद, मेरो बुबाको जीवनलाई खतरामा राख्न सफल भएकामा। उहाँलाई कोरोना पुष्टि भएको छ।’