काठमाडौं । नेपालमा मनसुन भित्रिए सँगै पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
सदाको वर्षभन्दा केही दिन ढिला नेपालमा मौसम भित्रिएको भन्दै जुन १२ देखि मनसुन भित्रिएको जनाएको छ । बिगतका वर्षहरुमा जुन १० देखि नै मनसुन प्रवेश गर्ने गर्दथ्यो । अहिले मनसुन पूर्वी भूभागबाट प्रवेस गर्दै गरेकाले पुरै नेपालभर मनसुन विस्तार हुन बढीमा एकसाता लाग्ने विभागले जनाएको छ ।
मनसुनका कारण धेरै क्षेत्रमा वर्षा हुने हुनाले बाढी र पहिरोको सम्भावनाका कारण पूर्व सचेतना अपनाउनुपर्ने विभागको भनाइ छ । यसको प्रभााव सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था भइरहेकोले शनिबार पनि पानी परेको थियो । र आज पनि पनि पर्ने संभावना रहेको छ ।
यसका साथै मुलुकको पूर्वी भेगमा पनि आज मौसम बदली हुने सम्भावन रहेको बताइएको छ । गत वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।