नारेन्द्र महतो- गौशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा आइतबार विश्व रक्तदान दिवसकाे अवसरमा काेराेना नियन्त्रण तथा राेकथामकाे लागि युवा संजाल महोत्तरीले बृहत् रक्तदान कार्यक्रम गरेका छन। नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।
युवा संन्जाल महोत्तरीद्वारा रक्तदान गरेकाे कार्य सराहनिय कार्य रहेको छ। यस बाट युवाहरुमा थप उर्जा मिल्ने गाैशाला नगरपालिकाका उप प्रमुख अाशा लामाले बताईन। नगरपालिका वाट केही सहयाेग पनी हुने लामाले स्पष्ट पारिन ।
सम्पन रक्तदानमा गाैशाला नगरपालिकाका लगायत अन्य गाउपालिकाका युवा, युवती ,विधार्थीहरु, पत्रकार , समाजसेवी, शिक्षाप्रेमी, र राजनिती पार्टीका प्रतिनिधि लगायत ५९ जनाले रक्तदान गरेकाे कुरा महाेत्तरी युवा संजालले जनाएका छ।
काेराेनाकाे कारण रगत अभाव हुन नदिनकाे लागि रक्तदान कार्यक्रम गरेकाे युवा संजाल गाैशालाका सदस्य रश्मि कुमारी सिंहले बताईन।
त्यसै गरी महाेत्तरी जिल्लामा अहिले सम्म दस वटा स्थानिय तहमा युवा संजाल गठन भइसकेको छ, अब चाडै बाकी स्थानिय तहमा युवासंजाल गठन गरि काम हुने सचिव राजकुमार महतोले जनाएका छन ।
कार्यक्रम गाैशाला युवा संजालकाे अायाेजना र महाेत्तरी युवा संजालकाे पहलमा भएका छन।