थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ हजार ७ सय ६० जना पुगेको छ । जसमध्ये ५३२४ जना पुरूष र ४३६ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । जसमध्ये ३७५ जना पुरूष र ५० जना महिला रहेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?