काठमाडौं । कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेख ८८ र सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट दैलेखका ३ जनामा कोरोना पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७ पुगेको छ ।
यसैगरी कालिकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पताल सुर्खेतबाट २३ जना, लेखबेशी आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना गरी ५७ जना डिस्र्चाज भएका छन् ।
कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या १ सय ५१ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।