नेपालमा कोरोना निको हुनेको संख्या एक हजार नाघ्यो

५ years अगाडी teraibulletin

नेपालमा कोरोना निको हुनेको संख्या एक हजार नाघ्यो

काठमाडैां । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म एक हजार संक्रमित निको भएका हुन्।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन्। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसारअहिले क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन्।

मन्त्रालयका अनुसार सोमबार ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या ६ हजार २ सय ११ पुगेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?