काठमाडैां । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाउनुभएको छ ।
उहाँले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाउनुभएको छ । उहाँले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभयो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित छ जनाको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिश गरेको छ ।
नेपाल प्रहरीको अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४ ९३६० १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ ९३६०३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भन्ने सविन पुनलाई ज्यानसम्बन्धी कसूरअनुसार सजाय माग गरिएको छ ।
प्रतिवादी इन्द्रबहादुर मल्लले सो घटनाको सूचना पाएर पनि सम्बन्धित निकायसमेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाईछिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिश गरिएको छ ।
यस्तै प्रतिवादी परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६९२० ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकाले निजले गरेको कार्य मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२ को दफा ३३ बमोजिम कसूर गरेकाले सोही दफाको उपदफा ९३० क बमोजिम सजाय हुन माग गरिएको छ । मृतक तथा घाइतेलाई घेरा हाली ढुङ्गा, लाठी समेतले प्रहार गर्ने प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भीमबहादुर बुढा, धनाराज राना र भीमबहादुर पुनले गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिवादी डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम थर ५४ ९३६०, परिवर्तित नाम ५४ ९३६०१, परिवर्तित नाम ५४९३६०२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ ९३६०३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ को दफा ४ ९१० बमोजिम कसूर गरेको देखिन आएकाले सोही ऐनको दफा ७ को उपदफा १ ९क० बमोजिम सजाय हुन माग गरिएको छ ।
प्रतिवादीमध्ये डम्बरबहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसमेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा गाउँलेलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसलाई भेला जम्मा गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी छ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ ।
हाल फरार रहेका प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्े लोकेन्द्र घर्ती, भीमबहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनविरुछ पक्राउ पूर्जी जारी गरिएको छ ।