पर्सा १ असाढ़ –पर्सामा छोरिलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ l पर्साको ठोरी गाउँपालिका वडा नं. ४ मा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।११ बर्षीय छोरी बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न ३५ बर्षे बुवालाई पक्राउ गरिएको विजयवस्ती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुरज आचार्यले वताए ।
गएराती ११ बजे उनलाई इलाका प्रहरी कार्यालय ठोरीमा राखिएको र अब जिल्ला प्रहरी कार्यालय वीरगंज पठाएको उनले बताए ।पीडित छोरीको उजुरीको आधारमा बुवालाई पक्राउ गरिएको हो । बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि स्थानीयले बुवालार्ई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।बालिकाले घटनाबारे प्रारम्भिक बयानमा आरोप सहि भएको पुष्टि गरेकी र घटना बारेमा स्वास्थ्य परिक्षणबाट थप पुष्टि हुने प्रहरीले जनाएको छ
अन्तिम अपडेट २०७७ साल /असाढ़ १ गते – सोमबार