सरकारी कार्यालयका आआफ्नै कार्यतालिका कर्मचारी आए, सेवाग्राही न्यून

५ years अगाडी teraibulletin

सरकारी कार्यालयका आआफ्नै कार्यतालिका कर्मचारी आए, सेवाग्राही न्यून

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् ।

चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए । लामो बन्दपछि खुलेकाले कतिपय कार्यालयले व्यवस्थापन मिलाउने क्रममा बिहान १० बजे मात्र कार्यालय सुरु गरेका थिए । मङ्गलबारदेखि सरकारी कार्यालय दुई समूह ९सिफ्ट०मै सञ्चालन हुने सम्बन्धित कार्यालयले जनाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ । सेवाग्राहीलाई पनि आवश्यक काम परे मात्र कार्यालय आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पहिलो दिन भएकाले सेवाग्राही कमै आएको जानकारी दिनुभयो । सो विभागमा यसअघि दैनिक पाँच सयभन्दा बढीले सेवा लिने गरेकामा सोमबार १० जना मात्र आएका थिए ।
उहाँले भन्नुभयो, “जनतामा कोरोनाको त्रास छ, सबैतिर सतर्क भएर काम गर्नुपर्छ । त्यही भएर सेवाग्राही नआएका होलान् तर विस्तारै यो क्रम बढ्दै जानेछ ।” उहाँले मङ्गलबारदेखि दुई सिफ्टमा सेवा प्रवाह हुने जानकारी दिनुभयो ।

महानिर्देशक दाहालका अनुसार कार्यालयको सोधपुछ कक्षलाई व्यवस्थित गरी फोन, ईमेल र एसएमएसबाट आवश्यक जानकारी उपलब्ध गराउने प्रयास भइरहेको छ । मालपोत कार्यालय ललितपुरका प्रमुख सुबोध खनालले दुई सिफ्टमा काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहानको सिफ्टमा सेवाग्राही नै आउँदैनन्, कार्यालय मात्र कुरेर बस्नुपर्छ । जब कर्मचारी बिहानको खाना खान जान्छन् अनि सेवाग्राही आउन थाल्छन् । त्यसले सेवा प्रदानमा समस्या भएको छ ।” यो खबर गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?