काठमाडौं । अमेरिकी राजदूतावासले नेपालको नयाँ भूभाग समेटिएको नक्सा प्रयोगमा ल्याएको छ। सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो।
हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा भर्खरैमात्र प्रतिनिधिसभाले पारित गरेको छ। सरकारले पनि आफ्नो आधिकारिक प्रयोगका लागि नयाँ भूभाग समावेश भएको राजनीतिक नक्सा सार्वजिनक गरेको थियो।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासले यसको प्रयोग हो। अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो।