अभिनेता सुशान्तसिंहको आत्महत्यापछि चिन्ताग्रस्त भाउजुको पनि मृत्यु

५ years अगाडी teraibulletin

अभिनेता सुशान्तसिंहको आत्महत्यापछि चिन्ताग्रस्त भाउजुको पनि मृत्यु

एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतले ज्यान दिएको खबर सुनेपछि अति विचलित भएकी उनकी भाउजुको पनि निधन भएको छ । सुशान्त सिंहको मुम्बईमा अन्तिम संस्कार भइरहेका बेला उनकी भाउजुको निधन भएको भारतीय सञ्चारमाध्यम आजतकका अनुसार देवर राजपुतको आत्महत्याको खबरको शोकले भाउजु सुधादेवीको मृत्यु भएको हो।

सुशान्तका काकाका छोराकी श्रीमती सुधा देवी बिहारको पूर्णियामा बस्थिन् । स्रोतका अनुसार सुशान्तको ज्यान गएको खबरले उनी असाध्यै विचलित भएकी थिइन् र उनको ज्यान गएको खबरले उनी गहिरो शोकमा डुबेकी थिइन् ।
सुशान्तसिंहको अन्तिम संस्कार भइरहेका बेला घरमै रहेकी सुधादेवीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?