भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु

५ years अगाडी teraibulletin

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।

सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?