पर्सामा फेरी थपिए दुइ जना नया कोरोना संक्रमित:भारतबाट आएका थिए

५ years अगाडी teraibulletin

पर्सामा फेरी थपिए दुइ जना नया कोरोना संक्रमित:भारतबाट आएका थिए

पर्सा २ असाढ़-पर्सामा आज फेरी दुइजना कोरोना संक्रमित भेटिएका छन l बीरगंजस्थित रहेको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप २ जना कोरोना संक्रमण पुष्टि भएको छ l नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा वीरगन्ज वडा नम्बर ३ र ४ का २ जना पुरूष रहेका छन् ।

भारतबाट दुवै जेठ २३ गते रक्सौल हुँदै वीरगन्ज आएका थिए । वीरगन्जको वडा नम्बर ३ का ३१ वर्षका पुरूष भारतको नयाँ दिल्लीबाट आएका थिए भने वीरगन्जको वडा नम्बर ४ का २३ वर्षका पुरूष भारतको बेङ्गलोर बाट आएका थिए ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ २ गते – मंगलबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?