शम्भु सदाको यादमा औरहीमा युवा हरुद्वारा दिप प्रज्वलन

५ years अगाडी teraibulletin

शम्भु सदाको यादमा औरहीमा युवा हरुद्वारा दिप प्रज्वलन

धर्बेन्द्र कुमार यादव- महोत्तरी,
धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत्यु भएका शम्भु सदाको आत्माको चिर शान्ति र न्यायको लागि महोत्तरीको औरही नगरपालिका १ औरही बजार चौकमा युवा, विद्यार्थी,विभिन्न पार्टीका नेता कार्यकर्ता र सदा(मुसहर)समुदायका व्यक्ति द्वारा दिप प्रजवलन गरेका छन।

मंगलवार साँझ महोत्तरीको औरही नगरपालिका वडा १ औरही बजारको मुल चौकमै युवाहरू द्वारा जम्मा भएर दवाब स्वरुप मैन बति बाल्दै शम्भु सदाको आत्माको चिर शान्तिको कामना गरी दोषीलाई पक्राउको लागि दवाब दिएका हुन।

सामाजका अभियन्ता युवा राजेश साह र पृथ्वी साह लगायत अन्य युवाहरूको अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा बुद्धिजिवि,व्यापारी समेत सहभागिता रहेको थियो।शम्भु सदाको आत्माको शान्तिको कामना गरि दोषिलाई कारबाही गर्न दबाब स्वरुप कार्यक्रम आयोजना गरिएको अभियन्ता युवाहरुले जानकारी दिए।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?