लकडाउनको प्रभाव मुलुकको प्रामुख भंसार कार्यालय बीरगंजमा:जेठ महीनामा ४१.७५ राजस्व संकलन

५ years अगाडी teraibulletin

लकडाउनको प्रभाव मुलुकको प्रामुख भंसार कार्यालय बीरगंजमा:जेठ महीनामा ४१.७५ राजस्व संकलन

पर्सा ३ असार –कोरोनाको कहरमा गरिएको लकडाउनको प्रभाव मुलुकको प्रमुख भन्सार कार्यलयको राजस्वमा परेको छ l करिब तीन महिना देखि जारी लकडाउनका कारण वीरगंज भन्सार कार्यालयले लक्ष्यको ४१.७५ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

चालू आर्थिक वर्षको जेठ महिनामा १६ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको वीरगंज भन्सारले जम्मा ७ अर्ब ५ करोड रुपैयाँ मात्र राजश्व असूली गरेको छ ।गत वर्ष सोही अवधिमा वीरगंज भनसारले १२ अर्ब ५८ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । यसैगरी वीरगंज भन्सारको वार्षीक लक्ष्य नै प्रभावित हुने देखिएको छ ।

चालू आर्थिक वर्षको जेठसम्ममा १ अर्ब ७२ अर्ब रुपैयाँ राजश्व असूलीको लक्ष्या पाएको यो भनसारले १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ मात्र संकलन गरेको छ ।यो वार्षिक लक्ष्यको ६४ दशमलव ७१ प्रतिशत मात्र हो ।गत आवको सोही अवधिमा यो भन्सारले १ खर्ब ३५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ३ गते – बुधबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?