पर्सा ३ असार –प्रदेश दुईको ५ जिल्लामा ३ सय ४० जनामा कोरोना भाइरस अर्थात कोभिड-१९ पोजेटिभ पाइएको छ l वीरगंजको नारायणी अस्पतालको प्रयोगशाला तथा केन्द्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणको क्रममा आज प्रदेश नम्बर २ का ५ जिल्लामा ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा महोत्तरीका ६ जनामा संक्रमण पुष्टि भएको र केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३४ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन ।
संक्रमित हरु मध्ये महोत्तरीका १ सय ९५ जना रहेका छन भने रौतहटका १ सय ११ जना, धनुषाका २२ जना, सर्लाहीका ११ जना र सिरहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताएका हुन ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ३ गते – बुधबार