थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

५ years अगाडी teraibulletin

थप ५८६ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?