अबैध रुपमा थुपारेर राखिएको ८० बोरा छोकड़ा बारा प्रहरीले बरामद गर्यो

५ years अगाडी teraibulletin

अबैध रुपमा थुपारेर राखिएको ८० बोरा छोकड़ा बारा प्रहरीले बरामद गर्यो

पर्सा ३ असार –जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरीको टोलीले ठुलो परिमाणमा अबैध रुपमा तस्करी गरी थुपारी राखिएको छोकड़ा बरामद गरेको छ l प्रहरीले बिशेष सुचनाको आधारमा आज(बुद्धबार) बिहान २:३० खटेको प्रहरीको टोलीले बिश्रामपुर गाउपालिका वडा नं.८ बलिरामपूर टोलको बाटो हुदै भारततर्फ लैजादै गरेको अवस्थामा बरामद गरेको बारा प्रहरीले जनाएको छ l

 प्रहरी आउदै छ भने थाह पाएलगतै तस्करहरू वडा नं.४ बलिरामपूर टोलस्तिथ दशगजा क्षेत्र नजिकै रहेको सुरेन्द्र साहको घर छेउमा थुपारी राखिएको छोकड़ा छोड़ी उनीहरू भागेको प्रहरीले जनाएको छ lबरामद भएको ८० बोरा अर्थात ३५ क्विन्टल छोकड़ाको बाजार मूल्य रु ५,२५,०००।–रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाउदै आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको जनाएको छ l

अन्तिम अपडेट २०७७ साल /असाढ़ ३ गते–बुधबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?