धर्मेन्द्र कुमार यादव- महोत्तरी,
जिल्लामा एकैदिन दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ जना महिला र १९३ जना पुरुष छन् । यससँगै महोत्तरीमा संक्रमितको संख्या ५०८ पुगेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार बुधबार एकैदिन २०० जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमित मध्ये १८२ जना महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका रहेका छन् । यसअघि पनि सम्सी गाउँपालिकामै ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र २ जनाको विवरण खुल्न नसकेको प्रजिअ कटुवालले जानकारी दिए ।
जनस्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ का फोकल पर्सन वीरेन्द्रकुमार झाका अनुसार थपिएका संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी समेत छन् ।