पर्सा ३ असार – क्वारेन्टाईनमा रक्सी सेवन हु-हल्ला गर्नेलाइ पर्सा प्रहरीले पक्राऊ गरेको छ l पर्साको पटेर्वासुगौली गाउपालिका वडा नं.५ मा रहेको नेपाल राष्ट्रीय माध्यमिक बिद्यालयमा बनाइएको क्वारेन्टाईनमा मादक पदार्थ रक्सी सेवन गरी हल्ला गर्दै छिर्न खोज्दा पर्सा प्रहरीले उनीहरुलाई पक्राऊ गरेको जनाएको छ l
पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउपालिका वडा नं.५ बस्ने २८ बर्षीय श्रीराम चमार त्यही ठाउका बस्ने अर्का ३२ बर्षीय श्रीराम चमार र उक्त ठाउनै बस्ने रामबालक हजरा दुसाद रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ l
उनीहरू मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै भित्र छिरेको र प्रहरीले रोक्न खोज्दा प्रहरीलाई नै गाली गलौच तथा अभद्र व्यवहार गरेकोले नियन्त्रणमा लिई सार्वजनिक शान्ती विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ३ गते – बुधबार