गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा। गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिनेमा पूर्वी नवलपरासी मध्यबिन्दु नगरपालिकामा १५ जना २१ देखि ३९ वर्षसम्मका युवाहरू रहेका छन् । २ जनाको भने उमेर नखुलेको निर्देशनलायले जनाएको छ ।

तनहुँका गैंडाकोट नगरपालिकामा १ जना, ऋषिङ गाउँपालिकामा ७ जना, शुक्लागण्डकी नगरपालीकामा १ जना र भानु नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरू सबै पुरूष रहेका छन् ।

त्यस्तै गोरखाका पालुङटार नागरपालिकामा ६ जना पुरूष र एकजना महिलामा कोरोना देखिएको छ । गोरखाकै शहिद लखन गाउँपालिकामा पनि ४ जना पुरूषहरूमा कोरोना संक्रमण देखिएको छ ।

हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?