काठमाडौं । मनसुनी प्रभावका कारण केही दिनदेखि देशभर जारी वर्षा अझै तीन दिन रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
यस क्रममा आज (बिहीबार) देशका सबै प्रदेशमा हल्कादेखि मध्यमसम्म र केही ठाउँमा भारी (ठूलो) वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भवना छ। प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ देशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।