भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नघ्यो

५ years अगाडी teraibulletin

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नघ्यो

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कारोनभाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । वर्डोमिटर्सका अनुसार बिहीबार बिहानसम्म भारतमा कोरोनाभइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २६२ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ३ सय ४१ जनाको मृत्यु भएको छ भने १३ हजार १०३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ६७ हजार २६४ पुगेको छ । बुधबार बिहानसम्म भारतमा संक्रमितको संख्या ३ लाख ५४ हजार १६१ थियो भने कोरोबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?