एजेन्सी । ट्वीटर प्रयोगकर्ताले सधैं आफ्ना विचार राख्ने सीमा रहेको भन्दै सधैं गुनासो गर्दै आएका छन् ।
अक्षरको सीमा रहेको छ । कहिले काँही त २८० अक्षरको सीमा सकिएपछि एउटै कुरालाई पनि टुक्राटुक्रा गरेर राख्नुपर्ने हुन्छ ।
साथै प्रयोगकर्ताले अक्षरको सीमाका कारण जे कुरा भन्न खोजेको हो, त्यो ठीक ढंगले व्यक्त गर्न नपाएको बताउँदै आएका थिए । यो सबै गुनासोबीच ट्वीटरले नयाँ फिचर लन्च गरेकोछ ।
यो फिचरको प्रयोग गरेर अब मानिसहरुले टाइप नगरी आफ्नो सन्देश ट्वीट गर्न सक्नेछन् । ट्वीटरले भ्वाइस फिचर रोलआउट गरेको छ ।
अर्थात अब प्रयोगकर्ताले अब आफ्नो आवाज रेकर्ड गरेर ट्वीट गर्न सक्नेछन् । यसबाट अब प्रयोगकर्ताहरु टाइप गर्नुपर्ने झन्झटमा पर्ने छैनन् भने आफ्नो विचार या भावना अडियोमार्फत रेकर्ड गरेर शेयर गर्न सक्छन् ।
एक भ्वाइस ट्वीटमा १४० सेकेन्डको अडियो रेकर्ड गर्न सक्नेछन् । अडियो रेकर्डिङ गरेपछि कम्पोजर स्क्रिनमा गएर ट्वीट गर्न सकिनेछ । यो भ्वाइस ट्वीट प्रयोगकर्ताको टाइमलाइनमा अरु ट्वीटजस्तै देख्न सकिनेछ ।