पर्सा ४ असार –ठुलो परिमाणमा डीजलको तस्करी गर्न लागेको अवस्थमा पर्सा प्रहरीले डीजलसहित एक जनालाई पक्राउ गरेको जनाएको छ l नेपालबाट भारततर्फ ट्याकटरमा राखेर लैजादै गरेको सुराकी आधारमा खटेका प्रहरीको टोलीले पर्साको छिपहरमाई गाउपालिका वडा नं.३ जयमंगलापुर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ l
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउपालिका वडा न.५ बस्ने २३ बर्षीय संतोष पटेल रहेको पर्सा प्रहरीले जनाएको छ l पटेलले ना.१ त ४५४३ ट्याकटरमा लोड गरी नेपालबाट भारततर्फ डिजल १००० (एक हजार) लिटर लैजादै गरेको अबस्थाबाट पक्राउ परेका हूँन l
प्रहरी ट्याक्टर, चालक र डिजल सहित अ.रु ३,७३,०००।- (तिन लाख त्तिहतर हजार) मुल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाईएको जनाएको छ ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ४ गते –बिहिबार