पर्सा ६ असार-बारामा मोटरसाइकलको ठकरबाट एक जनाको ज्यान गएको छ l जिल्लाको महागढिमाई नगरपालिका वडा नं.८ धर्मपुरको पदम सडकमा दुर्घटनामाँ परी बाराको स्वर्ण गाउपालिका वडा नं.८ बस्ने ५० बर्षीय किशोरी प्रसाद यादवको मृत्यु भएको छ l
बरियारपूर प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार यादवको अनुसार गैराती बाराको कलैयाबाट घर जाने क्रममा श्याम प्रसाद यदावले चलाएको बा ३९ प २८१३ को ग्लामबर मोटरसाइकलको ठकरबाट किशोरी प्रसाद यादवको ज्यान गरेको हो l
मोटरसाइकलको ठकरबाट सख्त घाइते भएका किशोरिलाई बीरगंजको न्यूरो अस्पतालमाँ उपचार कोक्रमा ज्यान गएको प्रहरीले जनाएको छ l ठकर दिने मोटरसाइकल र चाक श्याम प्रसाद यादव जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रण रहेको छ भने घटनाको आवश्यक अनुसंधान भईरहेको बारा प्रहरीले जनाएको छ l
अन्तिम अपडेट २०७७ साल /असाढ़ ६ गते –शनिबार