नेकपाको सचिवालय बैठक आज बस्दै: एमसीसीको बिषयमा छलफल हुने

५ years अगाडी teraibulletin

नेकपाको सचिवालय बैठक आज बस्दै: एमसीसीको बिषयमा छलफल हुने

पर्सा ६ असार –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बिहान बस्दैछ ।पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आज बिहान ९ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हूँन ।

बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल भने कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा हुनुहुन्छ । प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन् ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ६ गते –शनिबार 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?