तास खेलीरहेको अवस्थामा नगद सहित ७ जना कैलालीबाट पक्राउ

५ years अगाडी teraibulletin

तास खेलीरहेको अवस्थामा नगद सहित ७ जना कैलालीबाट पक्राउ

पर्सा ६ असार –प्रहरीले तास खेली रहेको अवस्थामा नागद सहित ७ जनालाई पक्राउ गरेको छ l  जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लको घोडाघोड़ी नगरपालिका वडा नं.१० सुखडमा रहेको करण थापाको घरमा तास खेली रहेको अवस्थमा बिशेष सुराकीको आधारमा खटेको प्रहरीको टोलीले उनीहरुलाई रंगे हात पक्राउ गरेको जनाएको छ l

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको समुक्त प्रहरी टोलीलेगैराती जुवा खेली रहेको अवस्थामा नगद रु. ८,९३,०५०।– , ७ थान मोबाईल र तास सहित सात जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नं.१ बस्ने  ३२ बर्षीय अक्कल बहादुर शाही , त्यही ठाउमा बस्ने ३२ बर्षीय दिपेश एर ,त्यसै गरी कैलालिको लम्कीचूहा नगरपालिका वडा नं. ४ वस्ने ४० वर्षीय विक्रम वुढा यसै गरी उक्त जिल्ला कै धनगढी उप-महानगरपालीका वडा नं. ३ वस्ने३८ वर्षीय तुलाराम भन्ने तिलक अधिकारी ,टीकापुर नगरपालिका वडा न.१ बस्ने ४० वर्षीयमोहन जैशी, कैलाली लम्की चुहा नगर पालिका वडा न.१ बस्ने ३० बर्षीय कमल चौधरी र जिल्ला बैतडी पुरचुडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५० को कैलास सिह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ६ गते –शनिबार 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?