पर्सा ७ असार –नेपाल भारत बीचको सम्बन्ध बिगार्न लागेको भन्दै युवाहरुको एक समूहले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा नेपालको झण्डा जलाएर दुई देश बीचको सम्बन्ध थप बिगार्न लागेको भन्दै उनीहरु विरुद्ध युवाहरुले बीरगंजको घण्टाघर चौकमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आ“ल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो अहिले भाइरल भइरहेको छ ।नेपालको झण्डा जलाउने मुस्लिम मौलानालाई कारवाही गर, नेपाल भारत बीचको सम्बन्ध बिगार्न खोज्ने तत्व मुर्दावाद, नेपाल आमाको जय जस्ता नारा लगाउदैं युवाहरुले प्रदर्शन गरेका हुन् ।
घण्टाघरबाट शुरु भएको विरोध जुलुश माइस्थान, आदर्शनगर, घडीअर्वा परिक्रममा गर्दै पुन घण्टाघर चोकमा फर्किएर सम्पन्न भएको हो । यसैबीच, युवाहरुले नेपालको झण्डा जालाउने भारतीय मुस्लिम मौलनाको तस्बिर अंकित ब्यानर जलाएका छन् । विरोध प्रदर्शन गर्दै युवाहरुले नेपालको झण्डा जलाउनेलाई कारवाहीको माग समेत गरेका छन् ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार