गण्डकी प्रदेशमा फेरी १६ जनामा कोरोना पुष्टि:संक्रमितको संख्या ५०४ पूग्यो: ४९ जना निको,१ जनाको मृत्यु

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा फेरी १६ जनामा कोरोना पुष्टि:संक्रमितको संख्या ५०४ पूग्यो: ४९ जना निको,१ जनाको मृत्यु

पर्सा ७ असार – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।

बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् । पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।गण्डकीका ५०४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।  यसअघि हिजो मात्रै गण्डकीमा १०८ जना सङ्कमित थपिएका थिए ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?