पर्सा ७ असार –आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ ।संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो ।
कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । सङ्क्रमण रोक्न गरिएको लकडाउन तथा क्वरेण्टीनमा रहेकाहरुको तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण भएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन । उनले योग र सन्तुलित खानपानमा ध्यान दिन सकेमा निरोगी नेपालको उद्देश्य पूरा हुने बताए ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सरकारको आकाङ्क्षा पूरा गर्न शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक हुनुपर्नेमा जोड दिएका हूँन । उनले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह गरे ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार