पर्सा ७ असार- सशस्त्र प्रहरी बल बोडर आउट पोष्टले पर्साबाट अबैध रुपमा भारतबाट ल्याउदै गरिएको ६ लाख रुपैया बरामद गरेको छ lभारतिय बजारबाट अबैध पैसा लिएर नेपाल आइरहेको बिशेष सूचनाको अधारमा भिस्वा–सिक्टा नाकामा पुगेको सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख रुपैया बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीले बताएका छन ।शस्त्र प्रहरी निरिक्षक पराजुलीका अनुसार प्रहरीलाई देख्नै साथ एक व्यक्ति झोलामा भएको पैसा फालेर भागेका उनले बताए ।
शस्त्र प्रहरी निरिक्षक पराजुली भन्छन:-पक्राउ गर्ने प्रयास गरेको भए पनि खेतै–खेत हिलाम्य बाटो भएर तस्कर भाग्यो l उनका अनुसार पैसा फालेर ब्यक्ति भारततर्फ भागेको छ”,अत उनको खोजी कार्य जारीरहेको उनले बताउदै पैसा कसको र काहाबाट ल्याउदै थिए र कसलाई दिनु थियो भन्ने बारेमा अनुसन्धान भईरहेको बताएका हूँन l सांकेतिक तस्बीर
अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार