नेपालमा एकै दिन ४२१ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या ९ हजार नाघ्यो

५ years अगाडी teraibulletin

नेपालमा एकै दिन ४२१ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या ९ हजार नाघ्यो

पर्सा ७ असार –नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।याेसंगै संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

 उनका अनुसार संक्रमित हुनेमा बाराका ३ जना, सर्लाहीका ५ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, सिरहाका ५२ जना, झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना रहेका छन् ।

त्यसैगरी ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।

अन्तिम अपडेट २०७७ साल /असाढ़ ७ गते –आइतवार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?