पर्सा ९ असार –जनता समाजबादी पार्टी नेपाल निकट रहनु भएको बिद्यार्थी नेता मधुसुदन चौरसियाले जनता पछि दुःख नहोस भनी वास्तबिक कुरा बताउन खोज्दा मेरो चरित्र नै हत्या गर्ने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै आपति जनाउनु भएको छ l
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाहिमा गाउँपालिकाले बनाउन लागेको धर्मशालाको कार्य धमाधम अगाडि बढदा स्थानियलाइ सत्याता कुरा बताउन लाग्दा केही ब्यक्ति संचारमाध्यको आड़ लिएर आफुलाई बदनाम गर्न लागीएको गुनासो गर्नु भयो ।
:-अनी हाम्रो प्रश्न थियो “,वास्तबिक कुरा के हो बताउनुस न ?
बिद्यार्थी नेता चौरसिया भन्नु हुन्छ:-हेर्नुस यो जग्गा विन्दवासिनी गाउँपालिकाको वडा नं. ३ अमरपटी ७ गाउँको किता नं. १७ मा रहेको ५ धुर जग्गा मात्र लालपुर्जामा सिमित रहेको छ l त्यों जघा त्यहा मात्र भोगचलनमा २ धुर रहेको छ l यसमा पनि २० फिटको बाटो बनाउनु पर्ने अब धर्मशाला बनाउने भनिएको जग्गा करिब ८ फिट मात्रै बच्न पुग्छ ।
अनी दुई धुरमा कस्तो धर्मशला निर्माण होला त “ ह्चुवाको तालमा भनेर हुदैन अज त्यति सांघुरो जघामा धर्मशला निर्माण भयो भने तस्मा के हुन्छ l केही हुनेवाला छैन l यदि गर्नु नै छ भने अली फराकिलो ठाउमा गर्नु पर्थ्यो की त्यसमा कही कार्यहरू गर्न सकिन्थ्यो l अब दुई धुर जघामा धर्मशाला नै निर्माण हुन्छ तर त्याहाका बासिन्दाको समस्या नै समाधान हुदैन भने किन चाहियो त्यस्तो धर्मशाला l
अब अर्को कुरा असार मासान्त सम्म बजेट त सकाउनु पर्यो होइन भने फ्रिज हुन्छ अब याहा कुरा के देख्यो भने बिकासको नाउमा बजेट सिध्याउने काम भयो l जहा नहुनेवाला थियो त्यही बिकास हूँन थाल्यो l जून कुरा त्यहा कुनै सुटेबुल छैन l
अब रह्यो अर्को कुरा धर्मशाला बैबाहिक कार्यक्रमको लगी पनि निर्माण हुदैछ अब हेर्नु गाउको बिचमा जब नाच नाच्छ अनी त्यों पनी अहिलेको तपाईललाइ थाह नै छ कस्तो नाचहरू हुदैछ यो सबी कुरा हेर्दा एक त त्यहा सांघुरो ठाउ र अर्को बिच बस्ती यसैले त्यहा कुनै कोणले उपयुक्त देखिएन l मानिसलाई बिकास चाहिन्छ दुःखबाट निकास पाउनको लागी होइन भने भविष्यमा यस्ता बिकास हुदै गयो भने यसले बिनास पनि ल्याउन सक्छ l
:-यो त थियो बिद्यार्थी नेता मधुसुदन चौरसियाको भनाई l-:
:-कस्तो लेखिएको समाचार प्रति बिद्यार्थी नेता मधुसुदन चौरसियाले आपति जनाउनु भयो त?
मिति बि.स २०७७ साल असार महिनाको ६ गते र ई.स २०२० साल जून महिनाको २० तारिखका दिन एउटै समाचार फरक फरक शीर्षकमा नेपाली जनता खबर र नेपाल पोस्ट दैनिकमा आएको समाचार प्रति उहाले आपति जनाउनु भयो l
उक्त समाचार कुनै सत्याता थिएन तर बढ़ी मेरो चरित्र ह्त्याउने काम गरियोएको चौरसियाले बताउनु भयो l समाचार भनेको सर्बपक्षीय हुनुपर्नेमा त्यसो नभई मात्र एक तरफी रुपमा लेखिएको भन्दै उहाले गुनासो गर्नुभयो l
बिद्यार्थी नेता चौरसियाले जून संचार प्रति गुनासो गर्नुभयो:-त्यो समाचार यस प्रकारको रहेको छ :-
विकास बिरोध मधुसुदन चौरसिया ईटियाहिको धर्मशाला बन्न नदिने दाउमा, रहेको आरोप।
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाहिमा गाउँपालिकाले बनाउन लागेको धर्मशालाको कार्य धमाधम अगाडि बढदा स्थानियहरु खुसी भएका छन् । स्थानिय प्रेमचन्द्र चौरसियाका दाजुभाइले आफ्नो निजि जग्गा श्री हनुमान मन्दिर सेवा समितिलाई दान गर्नु भएको थियो । सो जग्गा विन्दवासिनी गाउँपालिकाको वडा नं. ३ अमरपटी ७ गाउँको किता नं. १७ मा रहेको ५ धुर निजि जग्गा मन्दिर सेवा समितिलाई २०७६ साउन १४ गते दान गरेका थिए ।
सो जग्गामा गाउँपालिकाकी उपाध्यक्ष किरण देवीको नेतृत्वमा बन्न लागेको धर्मशालाले स्थानियबासीहरु निकै खुसी देखिएका छन् भने आफुलाई विद्यार्थी नेता ठान्ने विकास बिरोधी मधुसुदन चौरसियाले धर्मशालाको काममा विभिन्न वाधा अवरोध गर्ने कार्य गरेकोमा स्थानियहरु आक्रोशित बनेका छन् ।
आफुलाई नेता ठान्ने चौरसियालाई जग्गा कति हो भनेर थाहा नभएको अवस्थामा उनि ५ धुर जग्गालाई अढाई धुर भन्दै विभिन्न मिडियाहरुमा गलत प्रचार गराउनमा अघि देखिएको मन्दिर सेवा समितिकी सचिव श्रीमति निलु देवी चौरसियाले बताईन । धर्मशाला निर्माणको लागि नियम प्रक्रिया पुरा गरी ठेक्का मार्फत गाउँपालिकाले धर्मशाला बनाउन लाग्दा बिरोध बिरोधी मधुसुदन चौरसियाको आफ्नो निजि घर पछाडि पर्ने डरले भ्रष्टाचार लगाययतको विभिन्न अनर्गल प्रचार गराउन माहिर देखिएका छन् ।
गाउँपालिकाले गाउँ समाजलाई विवाह ब्रतबन्ध लगायतका सामाजिक कार्यमा सहयोग पुग्ने उदेश्यले धर्मशाला निर्माण गर्न लागेको गाउँपालिकाकी उपाध्यक्ष किरण देवीको भनाई रहेको छ । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बजेट निकासा गराई निर्माण शुरु गराउदै धर्मशालाका लागि आगामी आर्थिक वर्षमा थप बजेट निकासा गरेर स्थानियबासीहरुलाई सहज हुने काम गरेको बताईन ।
धर्मशाला निर्माण गर्दा सो जग्गाबाट साढे ३ फिट जग्गा छोडि निर्माण गर्न लाग्दा समेत बाटो मिचेर निर्माण हुन लागेको भन्दै भ्रामक प्रचार गरिएकोले सो को पछाडि नलाग्न उपाध्यक्ष देवीले आग्रह गर्नु भएको छ । निर्माण गर्न लागिएको सो धर्मशालाले दक्षिणपट्टि रहेको कित्ता नं. ६६ को जग्गा पनि मिचेको भन्दै जग्गाधनी स्थानीय राकेश चौरसियाले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्काको निवेदन दिएका छन् ।
जसको बोधार्थमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अमरपट्टी र गाउँपालिका कार्यालय रहेका छन् । तर रोक्का निवेदन माथि जग्गा दाता प्रेम प्रसाद चौरसिया र मन्दिर सेवा समितिकी सचिव निलु देवी चौरसियाले आफ्नो सबुत प्रमाण सहित सम्बन्धित निकायमा पुगेकोले कुनै पनि व्यक्तिको निजि जग्गा अतिक्रणमा नगरेको प्रष्ट भएको सचिव निलु देवीको भनाई रहेको छ ।
– यो सबै कुरालाई कोट्याउदै जादा यस्तो तथ्य फेला गर्यो:-
:-विन्दवासिनीमा धर्मशाला भनेर ट्रष्टको कार्यालय निर्माण गर्ने दाउ-:
तस्बीर:-र यो समाचार साभार साझाडेलीबाट
धर्मशाला निर्माणको विषयलाई लिएर बिन्दवासिनी गाउँपालिकामा विवाद उत्पन्न भएको छ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा न. ३ को ठुलो ईटियाहीमा धर्मशाला निर्माणका लागि जग खनेपछि त्याँहाका स्थानीयल विरोध जनाएका छन् । श्री हनुमान मन्दिर सेवा समिति ट्रष्टको नाममा गाउँपालिकाको बजेटबाट जम्मा अढाई धुर जग्गामा धर्मशाला निर्माण गर्ने भन्दै जग खन्न थालेपछि स्थानीयले विरोध जनाएका हुन् ।
गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ताले गाउँपालिकाको बजेटबाट कामै नलाग्ने नाममात्रको धर्मशाला निर्माण हुन थालेको भन्दै स्थानीयले अहिले निर्माणको काम रोकिदिएका छन् । आर्थिक वर्षको अन्तिममा धर्मशाला निर्माणको नाममा बजेट सक्न मात्रै काम थालनि गरेको स्थानीयको आरोप छ ।
उपाध्यक्ष गुप्ताका निकट रहेका प्रेमचन्द्र चौरसियाकी श्रीमती निलुदेवी चौरसिया सचिब रहेको ट्रष्टको कार्यलय बनाउनका लागि धर्मशालाको बहानामा ५ लाख रकम छुट्याएर दिएको बुझिएको छ । ट्रष्टका सचिबका श्रीमान प्रेम चन्द्र चौरसियाले सामाजिक सञ्जाल फेसबुकमार्फत नै गाउँपालिका उपाध्यक्षले मिलाइदिएको बजेटबाट ट्रष्टको कार्यालय बनाउन लागेको स्वीकार नै गरेका छन् ।
प्रेम चन्द्र चौरसियाले सामाजिक सञ्जाल फेसबुकमा स्वीकार गरेको स्क्रिनसट ।
गाउँपालिका उपाध्यक्षको जोडबलमा बनाउन लागिएको धर्मशालाको कुनै औचित्य नभएको स्थानीयले बताउँदा बताउँदै पनि उपाध्यक्ष गुप्ताले ट्रष्टलाई पोस्न आर्थिक वर्ष सकिनै लाग्दा बजेट उपलब्ध गराउने रणनीतिमा लागेकी हुन् ।
धर्मशाला निर्माण गर्न थालिएको जग्गा हुँदै गाउँपालिकाले सडक निर्माणको काम अघि बढाईसकेको छ । २० फिटको सडक त्यस ठाउँ हुँदै जाँदा धर्मशाला बनाउने भनिएको जग्गा करिब ८ फिट मात्रै बच्न पुग्छ ।सडककै जग्गामा उपप्रमुख गुप्ताको निर्देशनमा धर्मशाला निर्माण गर्ने भन्दै खन्ने काम भएको छ । सडकसमेत अतिक्रमण गरेर अढाई धुर जग्गामा धर्मशाला निर्माणको प्रक्रिया थालेपछि स्थानीय आक्रोसित भएका हुन् ।धर्मशालाका लागि त्यस ठाउँ उपयुक्त नभएको स्थानीय विन्दा साह बताउँछन् ।
करिब दुई धुर पनि नरहेको त्यस ठाउँमा कत्रो धर्मशाला बन्ला भनेर स्थानीयले प्रश्न गरेका छन् ।धर्मशाला कुनै फराकिलो ठाउँमा बनाउनुपर्ने भए पनि साँघुरो ठाउँमा बनाउन खोजेर विकासको नाममा गाउँपालिका उपाध्यक्षले बजेट सक्काउन खोजेको स्थानीय हिरा देवीले बताइन् ।
स्थानीय हीरा देवी
बस्तीको बिचमा अढाई धुरको जग्गामा धर्मशाला बनाउनुका साट्टा गाउँको अन्य ठाउँमा रहेको खुला र फराकिलो जग्गामा धर्मशाला निर्माण गर्न स्थानीयले माग गरेका छन् ।नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुप्ताले स्थानीयको भावना विपरित व्यक्तिगत स्वार्थमा केन्द्रीत भएको बड्का ईटिहाई निवासी मोहन कुमार गुप्ताले गुनासो गरे ।
अहिले लकडाउनका कारण नागरिक समस्यामा रहेको समयमा स्थानीय प्रतिनिधि गाउँपालिकामा आएको बजेटलाई कमाइ खाने बनाएको स्थानीयको आरोप छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी)ले उपाध्यक्षले जबर्जस्ति निर्माण गर्न लागेको धर्मशालाको काम अघि नबढाउन निर्देशन दिएको बताए ।
विन्दबासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी)
स्थानीयको विरोधपछि स्थलगत निरीक्षणमा आफू पनि गएको र त्यस ठाउँमा धर्मशाला निर्माणको कुनै मापदण्ड नपुगेको पाएको उनले बताए । अहिले धर्मशाला निर्माणको काम अघि बढाउन रोकेको र अब छलफलपछि मात्रै त्यसलाई के गर्ने भन्ने निष्कर्षमा पुर्याउने उनले बताए ।
अन्तिम अपडेट २०७७ साल /असाढ़ ९ गते –आइतवार