धर्मेन्द्र कुमार यादव- महोत्तरी,
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारन देशका सिमाहरु बन्द गरिएको छ तर सिमा बन्द भएपनी तस्करले तस्करी गर्न छोडेको छैन। त्सकरी बन्द नहुदा समय समयमा धेरै मात्रामा समानहरु पक्राउ परिरहेको छ।
महोत्तरी जिल्लाको सम्सीमा मंगलवार भारी मात्रामा रेडिमेट कपडा सहित ५ ओटा गाई पक्राउ परेको छ। शसस्त्र प्रहरी सम्सिबाट खटेका गस्ती टोलीलाइ देखेर तस्कर कपडा छोडेर भागेको कारन सम्सी गाउपालिका ६ कन्हमा बोर्डरबाट रेडिमेट कपडा बरामद गरिएका छ्न। पक्राउ परेका समानको बजार मूल्य लगभग १ लाख ३५ हजार रहेको छ।
त्यसतै सम्सी गाउपालिका ४ गैढाभेटपुर नाकाबाट ५ ओटा गाई पक्राउ गरेको छ। नेपालबाट भारत तर्फ तस्करी गरि लगिरहेको बेला गस्तीटोली लाई देखेर गाई तस्कर भागेका थिए।
पक्राउ परेका कपडा र गाइलाइ भन्सार कार्यालय जलेश्वर पठाइको कुरा स. प्र.नी. नमराज पुडासैनीले जानकारी दिनु भाएको छ।
केही दिन अगाडि पनी भारी मात्रमा कपडा बरामद गरिएको थियो।