धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरी जिल्लाको औरही सब स्टेसन बाट जडान गौशाला फिडरको लाइन आकासमा कालो बादल देख्ने बितिकै कटी हाल्छ, अलिकता पनी पानी पर्ने सम्भवना मात्र वा हुरि बतासको सम्भवना देख्ने बितिकै लाइन काटिने गरेको छ।
“एक बर्ष अगाडी पनि यस्तै अबस्था थियो”
गौशाला नगर पालिका को गौशाला बजार बाहेक गौशाला फिडर, भरतपुर फिडरमा रहेको गाउँहरु बिसहर पुर, फुलकाहा, सुन्दर पुर, मगर थाना, जमुनिया, कान्तिबजार लक्ष्मिनिया, भरतपुर, सोनमा, खेस्राहा, लगायतका गाउँका लाखौ सेवाग्राहीहरु बिधुत कार्यालयको लापरवाहीका सिकार भएका छ्न।
बिना मतलवकै कारन लाइन काटिनु सेवाग्राहिहरु लाई टाउको दुखाइ बनेको छ।
बिश्वब्यापी माहामारीको मारमा सबै जना घरामा लकडाउनको पालन गरिरहेको यस बर्ष पनि बिधुत कार्यालयले पुर्न रुपले लाइन प्रवाह गरीरहेका छैन, लाइन नभएको कारन मानिस हरुलाई रुख र खुला ठाउको साहारा लिनु परेका छ।
हामिले यस्तो बिजली कहिले देखे थिएन, ज्यान मार्ने बिजली छ, बिधुत कार्यालयको लापरवाही का कारन हामीलाइ यस्तो अब्स्था देख्नु परेको कुरा एक बृधाले जनाएको छ।
बिधुत कार्यालय गौशाला लगायत देश भरिकै कार्यालयले लाइनको बिल काट्दा एक दिन पनि ढिलाइ हुदा ब्याज लिने गरिन्छ, काटिएको बिलमा सेवा शुल्क जोडिएको हुन्छ तर सेवाग्राहिलाइ सेवा कसरी दिने बारे बिर्सेका छ्न।ह