पर्सा ११ असार-पर्सामाँ दुई पक्षीय झडप हुदा एकदर्जन भन्दा बढ़ी घेते भएका छन l जिल्लाको छिपहरमाई गाउपालिकामा भएको दुई पक्षीय झडपमाँ प्री एकदर्जन भन्दा बढ़ी घेते भएका हूँन l छिपहरमाई गाउपालिका वडा नं. ८ निवासी स्थानीय एक युवकलाई सशस्त्र प्रहरीले कुटेको बिषयमालाइ लिएर भएको बिबाद उग्ररूप लिदा झडप भएको हो l
बिबाद मिलाउन पूगेका उक्त वडाका वडा अध्यक्ष मौजिलाई साह कानू र नेकपाका स्थानीय नेता राजन गुप्ताबिच दुई पक्षीय झडप हुदा ऊनिहरू घाइते भएको बताइएको छ l
घाइते हुनेहरुमा वडाध्यक्ष पक्षधरका दिपक गुप्ता,उदय साह,विकास साह,वृजभुषण साह,लगायतका रहेका छन् भने अर्को पक्षका नेकपाका राजन गुप्तासहित विट्टु गुप्ता, अजय साह, अनिल साह लगायतका रहेका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।घटनाको साम्य पार्न प्रयास भईरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ l