अबैद्ध ३ लाख ५० हजार भन्दा बढि रुपैयासहित पर्साको टिहुकीबाट दुई जना पक्राउ

५ years अगाडी teraibulletin

अबैद्ध ३ लाख ५० हजार भन्दा बढि रुपैयासहित पर्साको टिहुकीबाट दुई जना पक्राउ

पर्सा १२ असार-सशस्त्र प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट आलुमा लुकाई छिपाई ल्यउदै गरेको ३ लाख ५५ हजार रुपैयासहित २ जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बन्जारीको गस्ती टोलीले भारतबा आउलुमा लुकाई छिपाई ल्याउदै गरेको श्रोत नखुलेको रुपैया सहित २ जनालाई पक्राउ गरेको हो ।

छिपहरमाई गाउँपालिका वडा नं. २ चरगाहा बस्ने बर्ष ३३ का जन्जय यादव र साेही ठाउँका बर्ष १९ का रन्जय बैठालाई रुपैयासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीले वताए ।निजहरुको साथबाट नेरु १०००, ५००, १००, ५०, २०, १०, ५ को नोट गरी कुल ३ लाख ५५ हजार बरामद भएको उनले जानकारी गराए ।

निजहरुले प्रयोग गरेको बिआर २२ भि ३८२५ भारतिय नम्बरको हुण्डा एसपी साइन मोटरसाइकलसहित दुबै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको प्रहरी निरिक्षक पराजुलीले जनाए ।

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?