धर्मेन्द्र कुमार यादव- महोत्तरी,
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारन देशका सिमाहरु बन्द गरिएको छ तर सिमा बन्द भएपनी तस्करले तस्करी गर्न छोडेको छैन। तस्करी बन्द नहुदा समय समयमा धेरै मात्रामा समानहरु पक्राउ परिरहेको छ।
महोत्तरी जिल्लाको सम्सी नाकाबाट भारी मात्रामा रेडिमेट कपडा सहित ढलान गर्ने मिक्स्चर र जेनरेटर पक्राउ गरेका छन। शसस्त्र प्रहरी सम्सिबाट खटेका गस्ती टोलीलाइ देखेर नेपाल भारत बोर्डरमा मिक्स्चर र जेनरेटर छोडेर भागेका थिए। पक्राउ परेका मिक्स्चर र जेनरेटर बजार मूल्य लगभग ३ लाख रहेको छ।
त्यसतै सम्सी गाउपालिका ७ नाकाबाट भारी मात्रामा रेडिमेट कपडा पक्राउ गरेको छ। भारत बाट नेपाल तर्फ तस्करी गरि लगिरहेको बेला गस्तीटोली लाई देखेर तस्कर भागेका थिए। पक्राउ परेका कपडाको बजार मूल्य लगभग १ लाख ७ हजार रहेको छ।
त्यस्तै सम्सी गाउपालिका ७ शंकर चौकबाट भारतिय मोटर साइकल सहित औषधी बरामद गरेका छन। BR 30K 5677 नं को भारतिय मोटरसाइकलमा भारत बाट नेपाल तर्फ तस्करी गर्नको लागि लगिरहेको बेला शसस्त्र प्रहरीलाई देखेर तस्कर भागेका थिए। बरामद भएका समानमा Vetnovet face care- ६०० पिस र cinkara vitamin १२ पिस रहेको छ। पक्राउ परेका औषधि र भारतिय मोटरसाइकल्को मूल्य लगभग नब्बे हजार रहेको छ।
पक्राउ परेका र बरामद भएका समानहरुलाइ आवश्यक कार्यबायीको लागि जलेश्वर भन्सार कार्यालय पठाइको कुरा स. प्र.नी. नमराज पुडासैनीले जानकारी दिनु भाएको छ।
लक डाउन भएदेखी अहिले सम्म धेरै मात्रामा तस्करीका सामनहरु बरामद भएको छ। केही दिन अगाडि पनी भारी मात्रमा कपडा र गाई बरामद गरिएको थियो।