नागरिकता विधेयक बुरुद्धमा नेपाली कांग्रेश पर्साद्वारा गाउ-गाउमा प्रदर्शन

५ years अगाडी teraibulletin

नागरिकता विधेयक बुरुद्धमा नेपाली कांग्रेश पर्साद्वारा गाउ-गाउमा प्रदर्शन

वीरगंज १४ असार –नागरिकता विधेयककाे विरुद्धमा नेपाली कांग्रेसले पर्साकाे विभिन्न गाउँपालिकामा प्रदर्शन गरेकाे छ ।पर्साकाे निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतकाे विभिन्न गाउँपालिकामा नेपालिका कांग्रेसले छुट्टा छुट्टै माेटरसाइकल र्‍याली प्रदर्शन गर्नुकाे साथै काेण सभा समेत गरेकाे हाे ।

कालिकामाई गाउँपालिकाकाे वडा नं. १ रबिदासबाट निस्केकाे माेटरसाइकल र्‍याली टिनडाेबिया, भेडिहारी, प्रशुरामपुर, बिरन्चीबर्वा, हरिहरपुर हुदै पुरै गाउँपालिकाकाे परिक्रममा गर्दै मुडलीमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

\काेण सभामा बाेल्ने वक्ताहरुले कम्युनिष्ट सरकारद्वारा जारी नागरिकता बिधेयक खारेज गर्न माग गरे । सरकारले ७ बर्ष पछि मात्र बिदेशी बुहारीलाई नागरिकता दिने विधेयक ल्याएर सदियाे देखीकाे भारत र नेपाल बिचकाे राेटी बेटीकाे सम्बन्ध बिग्रान खाेजेकाे उनीहरुकाे आराेप थियाे ।

र्‍यालीमा सहभागिहरुले नागरिकता विधेयक खारेज गर, भ्रष्ट सरकार मुर्दाबाद, नेपाली कांग्रेस जिन्दावाद लगायतकाे नारा समेत लगाएका थिए ।गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मीकाे नेतृत्वमा निस्केकाे बिराेध र्‍यालीमा नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य पंजानन्द मिश्रा, गाउँपालिका सह संयाेजक छठु साह लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।

यस्तै छिपहरमाई गाउँपालिकाकाे जयमंगलापुरबाट निस्केकाे बिराेध र्‍याली टिहुकी, बुडगाई, चरगाहा, तुलसी बर्वा, बन्जारी हुदै गाउँपालिकाकाे परिक्रममा गर्दै भिस्वामा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।भिस्वामा भएकाे काेण सभामा वाेल्ने वक्ताहरुले सरकारले ल्याएकाे नागरिकता बिधेयककाे बिरुद्धमा आक्राेस पाेख्दै खारेज गर्न माग गरे ।

कम्युनिष्ट सरकारले ७ बर्षमा अंगकृत नागरिकता दिने बिधेयक ल्याएर देशमा द्वन्ध निमत्याउन खाेजेकाे वक्ताहरुकाे भनाई थियाे ।झुठाे राष्ट्रबादकाे नारामा कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त रहेकाे उनीहरुकाे आराेप समेत थियाे ।

नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहकाे नेतृत्वमा भएकाे बिराेधकाे कार्यक्रममा नेपाली कांग्रेका पर्साका सचिव किशाेरी साह, गाउँपालिका संयाेजक धुरेन्द्र प्रसाद कानु, नेता गगनदेव यादव, मनिकान्त गुप्ता, सुरेन्द्र प्रसाद यादव, दिपेन्द्र कुमार सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?