ईम्प्रुभिङ् लाईफस ईन नेपालको सुतकेरीलाई पहिलो चरण १५ दिन सम्म राहत बितरण सम्पन्न

५ years अगाडी teraibulletin

ईम्प्रुभिङ् लाईफस ईन नेपालको सुतकेरीलाई पहिलो चरण १५ दिन सम्म राहत बितरण सम्पन्न
पर्सा १४ असार –बालबालिका  पालनपोषण, स्याहार, विकास र संरक्षणको प्राथमिक दायित्व बाबु आमा हुन्छ साथै, बालबालिकालाई जन्मनु अघि र जन्मेपछि उचित स्याहार, पालनपोषण, शिक्षा दिक्षा दिई तथा हक अधिकारको संरक्षण गरि योग्य नागरिक बनाउनु सम्वन्धित सवैको दायित्व हो ।
No description available.
कोरोना भाईरसको कारण विश्व नै आतकिंत भएको साथै नेपालमा लकाडाउनको लगभग ३ महिना हुदा वीरगंज महानगरपालिकाको केहि वडाका अति बिपन्न समुदायमा अध्ययन गर्दा आम्दनी नभई पोषिलो खानाको अभावले आमाले पोषिलो खाना नपाएको हुदा आमा र बच्चको स्वास्थ्यमा असर पर्ने भएको मध्य नजर गर्दै समाजिक संस्था ईम्प्रुभिङ् लाईफस ईन नेपालले युवालयको सहकार्यमा ४५ दिन भित्रका सुत्केरी आमाहरुको समुदायमा राहत बितरण गरेको हो।
No description available.
सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परिवारमा भएका सुतकेरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाए पछि युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा ईम्प्रुभिङ् लाईफस ईन नेपालका आर्थिक सहयोगमा आर्थिक सहयोगमा पोषण तथा सरसफाई समाग्री राहत वितरण गरेको हो ।
No description available.
ईम्प्रुभिङ् लाईफस ईन नेपालका आर्थिक सहयोगमा पर्साको वीरगंज महानगरपालिका वडा नं १६ नगवामा १२ जना, वडा नं २८, बगहीमा १५ जना, वडा नं ३०, लालपर्सामा १६ जना, वडा नं २२, जगरनाथपुरमा १० जना, वडा नं १९, बिन्दवासनीमा २३ जना, वडा नं २९ बसडिल्वा,रतनपुरमा १५ जना, वडा नं २७ उदयपुरघुर्मीमा १६ जना, वडा नं ३१ बेल्वामा १० जना, वडा नं १७ अलौमा २० जना, वडा नं ३१ प्रसौनी टोलमा १३ जना गरि जम्मा १५० जना यस वडाहरुमा बसोबास गर्दै आईरहेका गरिब तथा अति बिपन्न बस्तीमा १५० जना परिवारका लागि ४५ दिन भित्रका सुत्केरी आमाहरुका लागि पोषण तथा सरसफाई समाग्री राहत स्वरुप वितरण भएको छ ।
No description available.
माथि उल्लेखित वडाका स्वास्थ्य संस्था तथा वडा कार्यालय संग समन्वय गरि ४५ दिन भित्रका सुतकेरी आमालाई वीरगंज महानगरपालिकाको माथि उल्लेखित वडाहरु संस्थाले दिन ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई महिनाको पहिलो चरणमा १५ दिनका लागि १ करेट अण्डा, प्रत्येक दिन आधि केजी दुध, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस, राहत बितरण भएको जानकारी दिए ।
No description available.
दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी १५ दिन दिन पछि पनि राहत बितरण जारी राख्ने बाल क्लबका पुर्व सदस्य तथा राहत बितरण कार्यमा सहयोग गर्दै आउनु भएका बिकास साहले जानकारी दिए ।
No description available.
बालबालिकाको बाच्न पाउने अधिकारबाट बन्चित नहुन् भन्ने उदेश्यका साथ ईम्प्रुभिङ् लाईफस ईन नेपालको आर्थिक सहयोग तथा युवालयको सहकार्यमा थप दोस्रो चरणको यसै गरि ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई बितरण गरिने जानकारी समेत साहले दिनु भएको हो ।
तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?