पर्सा १४ असार –कोरोनाको कहरमा भोकमरीको चपेटामाँ परेकाहरुलाई राहत स्वरूप खाद्यान सामग्री बितरण गरिएको छ lकोरोनाबाट बाच्नको लागी सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दीको कारण मारमा परेकाहरुलाई बिभिन्न दात्री निकायले उपलब्ध गराएको राहत सामग्री बालअधिकारकर्मी जया साहले प्रभाबित भएका घरदैलोमा पूगी बितरण गरेका हूँन l
पर्साको पकहामैनपुर गाउपालिका वडा नं.२ सुर्जाहा टोलमा बसेका १४ अति बिपन्न,गरीब, असहाय, एकल महिला,लगायत लक्षित बर्गलाइ वितरण गरिएको बालअधिकारकार्मि साहले बताएका हूँन l लकडाउनले गर्दा रोजगारी गुमेका र आयआर्जनको श्रोत पानी ठप्प हुदा उनीहरुलाई खाना खानमा समस्या भएको स्थानीय एक युवक बिकेक चौहानले आफुलाई जानकारी गराउदा त्याहा आफुले बिभिन्न दात्री निकायले उपलब्ध गराएका राहत सामाग्री आफुले लिएर त्याहा गएको उनले बताएका हूँन l
बालअधिकार कर्मी साह भन्छन:-काठमाडौका समाजसेवीको सहयोगमा राहत स्वरुप जिन्सी सहयोग गरिएको उनले बताएका हूँन । ऊनि अगाडी भन्छन समाज सेवी द्धोय ज्योती दहाल, शिल्पा बैधले वडा नं २ सुर्जाहाको सो दलित तथा अति बिपन्न बस्तीका १४ घरपरिवारलाई आफनो निजी खर्चमा खाधान्न चामल, दाल, नुन, तेल, कपडा धुने र नुहाउने साबुन लगायतका सामग्री उपलब्ध गराउदा आफुले बाडेको बताएका हूँन ।
पकाहामैनपुर गाउपालिका वडा नं २ सुर्जाहा बस्तीमा बाल अधिकारकर्मी जया साहले प्रत्यक्ष रुपमा सो बस्तीमा भ्रमण गरि दाताहरुको सहयोगमा राहत वितरण गरेको साथै गाउपालिकाको गरिब तथा अति विपन्न परिवार प्रति ध्यान दिन सम्बन्धित निकाय साथै गाउपालिकाको ध्यानाकर्षन समेत गराएका हूँन l
अन्तिम अपडेट २०७७ साल /असार १४ गते –आइतवार