तराइ खबर समाचारदाता- बारा,
बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ। आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको छ।
चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुर स्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
त्यसैगरी फेटा गाँउमा एउटा घरमा चटाङ लग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिएका छन् । चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ।