आजलाई होइन भोलीलाइ,हाम्रो समर्थन ओलीलाई भन्दै ओलीको पक्षमा शक्ति पदर्शन

५ years अगाडी teraibulletin

आजलाई होइन भोलीलाइ,हाम्रो समर्थन ओलीलाई भन्दै ओलीको पक्षमा शक्ति पदर्शन

पर्सा २० असार-बीरगंजमा आज नेकपामा देखा परेको आन्तरिक बिवाद अन्त्य गरि पार्टी एकतालाई थप सुदृढा गराउन माग गर्दै बिशाल जुलुस प्रदर्शन भएको छ । स्वतन्त्र युवा समुह नामको ब्यबनरमा आयोजना गरिएको जुलुसमा नेकपा युवा नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीलाई हटाउन पाइंदैन पार्टी बिभाजन गर्न पाइंदैन भन्ने नारा लगाइएको जुलुसले नगर परिक्रम गरि पुन घन्टाघरमै आयोजित को्ण सभामा परिणत भएको थियो ।

जुलुसमा देशको मुहार फेर्नु छ है साथी पार्टी भन्दा राष्ट्र माथी भन्ने केपी ओलीले बोलेको कुरा समेत मुल ब्यानर प्रदर्शन गरिएको थियो । देशमा अनेक खालको समस्या र चुनौति बिद्यामान रहेको बेला सरकार फेर्ने होइन बरु पार्टी एकतालाई थप सुदृढ बनाउंदै जनताको चाहाना, बिचार र समस्या समाधान गर्न अघि बढ्न जरुरी रहेको कुुरामाथि समेत बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा झमझम पानीका्े बीचमा पनि सयौंको संख्यामा आएका पार्टीका कार्यकर्ताहरुले राष्ट्रियताको पक्षमा प्रधानमन्त्री केपी ओलीले लीएको नारा देश र जनताको पक्षमा भएकाले उनलाई पुरा कार्यकाल सरकारको नेतृत्व गर्न दिनुपर्ने र अनेक बाहाना बनाएर ओली सरकारलाई घेर्न नहुने चेतावनी समेत दिइएको थियो ।

कार्यक्रममा नेकपा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का अधिकांस नेता तथा कार्यककर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । र््यालीको नेतृत्वमा नेकपा निकट रहेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महमद निजाम, केन्द्रीय सदस्य बिकास रौनियार तथा नेकपाका नेता तथा कार्य्कर्ताहरुको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट २०७७ साल /असार २० गते –शनिबार  

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?