बारा २० असार –जिल्ला प्रहरी कार्यलय बाराले मास्क प्रयोग नगर्नेलाइ नियन्त्रण लिएर जरिवाना तिराएको छ l मास्क नलागाई खुलमकुला घूमी रहेका १२८ जनालाई नियन्त्रणमा लिएर जानही रु १००/ जरिवाना तिराएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ l कोरोना भाइरसबाट बच्नको लागी सामाजिक दुरीको पालना र मास्क अनिवार्य रुपमा लगाउनु पर्ने सरकारले निर्देशिका जारी गरेको छ तर उक्त निर्देशिकाको अटेर गरी मास्क नलागाई निर्वाध रूपम घूमफिर गरिरहेकालाइ जरिवाना तिराइएको हो l
जिल्ला विपद ब्यवस्थापन समिति बारा को निर्णय अनुसार असार १६ देखि १८ गते सम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरि जिल्ला प्रहरी कार्यालय बारा ले आज १२८ जना लाई नियन्त्रणमा लिई जरिवाना तिराएको छ ।
बारामा अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये १२८ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रति व्यक्ति रू.१००।- जरिवाना पश्चात छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका हूँन ।
अन्तिम अपडेट २०७७ साल /असार २० गते –शनिबार